Coffee Quality Institute (CQI) Q Arabica Training Course is going to be held in Nepal for the first time from 19-26 February 2019. The program is going to be held at National Coffee Academy, Kathmandu. CQI’s Q Coffee System is an internationally recognized program for evaluating cup quality based on a standardized system for Arabica coffee using protocols developed by the SCAA. This course consists of two complementary concepts: the first is a 3-day theory of all activities, which is followed up by a 3-day series of exams regarding the material presented.

क्यू ग्रेडिङ् (Q Grading) र एस.सि.ए ब्रूईङ् (SCA Brewing) कोर्श नेपालमा संचालन हुने वारे।

अमेरिकाको Coffee Quality Institute र Specialty Coffee Association सँगको सहकार्यमा नेशनल कफी एकेडेमीको आयोजनामा नेपालमै पहिलो पटक Coffee Q grading तालिम मिति २०७५ फागुन ७ देखि १४ गतेसम्म र Coffee Brewing Foundation + Intermediate Course मिति २०७५ माघ २९ गते देखि फागुन २ गतेसम्म नेशनल कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको छ ।

उल्लेखित कार्यक्रमको मूल उद्धेश्य नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नती र अन्तराष्ट्रिय बजारमा प्रवर्दनगर्न सक्ने जनशक्ती उत्पादन गर्नु हो। अत: यी दुबै कार्यक्रमहरूलाई सफलतापूर्वक आयोजना गर्नकोलागी यहाँको शुभेच्छा र प्रत्यक्ष सहयोगको आशा गरेका छौ । यहाँले सहभागी पठाइदिएर, प्रचार-प्रसार गरेर वा अन्य तरीकाबाट प्रत्यक्ष सहयोग गरी समग्र नेपाली कफी कृषि र उद्यम विकाशको लागी हाम्रो प्रयासमा टेवा पुर्याइदिनुहुनको लागि सादर अनुरोध गर्दछौं।

सम्बन्धित लिङ्क
https://www.nationalcoffeeacademy.org/event/q-arabica-training-course-in-nepal/
https://www.nationalcoffeeacademy.org/event/sca-brewing-foundation-intermediate-course-in-nepal/
कार्यक्रमको विस्तृत जानकारीको लागी उल्लेखित लिङ्कबाट प्राप्त गर्नुहोला वा सिधा संम्पर्क गर्नुहोला।

……………………
डा. राजकुमार बञ्जारा
अध्यक्ष, नेशनल कफी एकेडेमी, ललितपुर, नेपाल
फोन नं ९८०२०२३०८२

Latest Posts