काठमाडौं, कात्तिक २६ २०७६  
Source: https://www.setopati.com/kinmel/agriculture/193223

सरकारले आयातित कफिमा लाग्ने अन्तशुल्क दर बढाएको छ। आर्थिक ऐन, २०७६ को संशोधनमार्फत् सरकारले अन्तशुल्क दर बढाएको हो।

पहिले आयातित कफिमा ५ प्रतिशत भन्सार दर थियो। अहिले त्यसलाई बढाएर १० प्रतिशत पुर्याईको राजपत्रमा उल्लेख छ।

स्वदेशी कफिलाई प्रोत्साहन गर्ने उद्देश्यले भन्सार दर बढाइएको वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए।

विगत १५/१६ वर्षदेखि कफि व्यवसायमा लागेका राजकुमार बञ्जारा सरकारको यो कदमले केही हदसम्म स्वदेशी कफिलाई फाइदा पुर्याएपनि दीर्घकालीन फाइदा नहुने बताउँछन्।

‘भन्सार दर बढाउँदा स्वदेशी कफिलाई केही फाइदा त होला तर यसले मात्र दीर्घकालीन फाइदा हुँदैन’, उलने भने, ‘खुला प्रतिष्पर्धा गरेर किन आयात हुन्छ भन्ने अध्ययन गरी नेपाली कफिको गुणस्तर बढाए मात्र दीर्घकालीन फाइदा लिन सकिन्छ।’

विकसित मुलुक थाइल्याण्डमा सरकारले आयातित कफिमा ९० प्रतिशत भन्सार लगाएको छ तर पनि तीव्र मात्रामा कफि आयात हुने गरेको उनले बताए।

सरकारले भन्सार दर बढाएर मात्र नभई त्यो सँगै गुणस्तरीय कफि उत्पादनमा समेत जोड दिनुपर्ने कफि व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेले बताए।

Latest Posts