१३ आश्विन २०७५, शनिबार- गण्डकी प्रदेश र प्रदेशनं ५ का जिल्ला कफी संघ र सहकारीका अध्यक्ष र ब्यबस्थापकको लागि आयोजना गरिएको “प्राङगारिक कफी उत्पादन गुणस्तर ब्यवस्थापन तथा बजारीकरण सम्बन्धि तालिमका कहि झलकहरु। ऊक्त कार्यक्रम गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलको प्रमुख आतित्थ तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलको सभापतित्वमा संचालन भएको थियो।

पत्र-पत्रिकामा प्रकाशित भएका सम्बन्धित समाचार:

गण्डकी प्रदेशमा कफीको सम्भावना अधिक : मन्त्री थापामगर

shuvanews १३ आश्विन २०७५, शनिबार http://shuvanews.com/2018/09/1518/

गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले गण्डकी प्रदेशमा कफी खेतीको लागि सम्भावना अधिक रहेको बताउनुभएको छ । प्राङगारिक कफी उत्पादन गुणस्तर ब्यवस्थापन तथा बजारीकरण सम्बन्धि तालिमको शुभारम्भ मन्त्री थापामगरले एक रोपनी क्षेत्रमा लगाएको कफीबाट मासिक ६ हजार भन्दा बढी आम्दानी हुने उल्लेख गर्नुभयो ।

पोखरा पर्यटनको हव बन्दै गरेकोले कफीको बजारीकरणमा समस्या नहुने उहाँको भनाई थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले नेपालको कफीको माग विश्व बजारमा उच्च रहेपनि उत्पादन न्यून रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली अर्गानिक अरविका जातको कफीको माग बार्षिक ६ हजार देखि ८ हजार मेट्रिक टन सम्म हुने भएपनि उत्पादन भने ४ सय ६६ मेट्रिक टन मात्रै हुने गरेको छ । उहाँले अहिले नेपालबाट ९६ मेट्रिकटन मात्रै कफी निर्यात हुने गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश र प्रदेशनं ५ का जिल्ला कफी संघ र सहकारीका अध्यक्ष र ब्यबस्थापकको लागि आयोजना गरिएको तालिम सोमबारसम्म चल्नेछ । तालिममा डाक्टर राजकुमार बञ्जरा, डाक्टर अच्युत ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखरा निर्देशक लक्ष्मण पोखरेल लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

Latest Posts